अर्को नमीठो पराजयको संघारमा इङ्ल्यान्ड, अस्ट्रेलिया बलियो स्थितिमा

परम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाको तेस्रो खेलमा पनि भ्रमणकारी टोली इङ्ल्यान्ड पराजयको संघारमा पुगेको छ । चार सय ३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इङ्ल्यान्डले चौथो दिन शनिबारको खेल सकिँदासम्म आफ्नो दोस्रो पालीमा ६ विकेट गुमाएर दुई सय सात रनमात्र बनाउन सकेको छ । इङ्ल्यान्डलाई जितका लागि अझै दुई सय २८ रन आवश्यक छ भने हातमा चार विकेटमात्र बाँकी छ । एडलेइडमा हालसम्म कुनै पनि टोलीले चौथो पालीमा यति ठूलो विजयलक्ष्य पूरा गर्न सकेको छैन । दोस्रो पालीमा ओपनर ज्याक क्रावलीवाहेक इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यान...