सीप, साहस र संकल्पबाट युवालाई पौरख सिकाइरहेका शंकर

पछिल्ला वर्ष शहर/बजारमा कफी संस्कृति फस्टाउँदो छ । बजारका चोक/चोकमा खुलेका साना-ठूला कफी शपमा बिहानदेखि अबेरसम्म विभिन्न स्वादका कफीको चुस्की लिने पारखीको ठूलो जमात भेटिन्छ ।  शहरमा तिनै कफी शप सञ्चालन गर्ने युवा उत्पादन गरिरहेका छन् बुटवलका शंकर शर्मा । बुटवलमा सानो लगानीबाट शर्माले लुम्बिनी बारिस्टा (कफी बनाउने) टेर्निङ सेन्टरमार्फत् बजारमा बिक्ने र अहिले रोजाइमा रहेको सीप युवालाई सिकाएर उद्यमसँग जोडिरहेका हुन् । कफी कल्चरबाट लोभिएर भारतमा अध्ययन गरी देशमा केही गर्न कस्सिएका तथा मेहनत र समर्पणको कारण सि...