नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको उमेरसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ। पार्टीको आन्तरिक सर्कुलरअनुसार आगामी माघ ११ मा हुने राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्न कम्तीमा ३५ वर्ष उमेर पूरा भएको हुनुपर्ने छ । यस्तै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि २५ वर्ष पूरा गरेको हुनुपर्ने नेकपाले जनाएको छ । यस्तै, नेकपाले हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा ५ जना सिफा...