काठमाण्डाै – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा अहिले काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका एक दर्जन बढी वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजना गरेका सन्देश सभा अन्तर्गत आजको सभा अन्तिम हो । भृकुटीमण्डमा सभा शुरू हुनुअघि नेकपाले काठमाण्डौका विभिन्न ठाउँबाट र्याली र जुलुस निकालेको छ । बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा सभा आयोजना गरिएको नेकपाले जनाएको छ । आजको सभालाई पार्टीका...