समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्ने मन्त्री घिसिङको चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्नेतर्फ सरकार लागेको बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज चितवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताए । उनले भने, 'तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौं भन्ने अवस्थामा हामी छौं ।' जनताले दुःख पा...