चितवनले मलाई मात्र नभइ सिङ्गाे देशलाई न्याय गर्छ : सभापति लामिछाने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनको चौबीसकोठीमा भएको सभालाई सम्बोधन गर्नुभएको छ । भरतपुरको चौबीसकोठीमा उहाँले विशेष सम्बोधनमार्फत चितवनले आफूलाई मात्र नभइ सिङ्गो देशलाई न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । हिजो मात्रै थुनामुक्त भएका लामिछानेले चौबीसकोठीमा पहिलो सभालाई सम्बोधन गर्ने क्रममा आफूमाथि अन्याय भएको दोहोर्‍याउनुभयो । नवयुवाको भावनालाई समेट्न आफूले सक्दो प्रयास गर्ने उहाँको भनाइ छ । रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुन...