संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले आउँदो महिना म्यानमार नरसंहारको सुनुवाइ गर्ने

संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालतले आउँदो जनवरीमा म्यानमार नरसंहारको सुनुवाइ गर्ने भएको छ । म्यानमारले रोहिङ्ग्या समुदायविरुद्ध नरसंहार गरेको मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) अर्काे महिना सुनुवाइ गर्ने भएको समाचार संस्था अलजजीराले जनाएको छ । सुनुवाइको पहिलो हप्तामा अन्तर्राष्ट्रिय न्याय अदालतमा मुद्दा ल्याएको मुस्लिम बहुल पश्चिम अफ्रिकी देश गाम्बियाले जनवरी १२ देखि १५ सम्म आफ्नो तर्कको रूपरेखा प्रस्तुत गर्नेछ । इस्लामिक सहयोग सङ्गठनको समर्थनमा गाम्बियाले सन् २०१९ मा आईसीजेमा मुद्दा दायर गरेको थियो जसमा म्यानमारले प्र...