नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले अस्ट्रेलियन महिला लिग (ए–लिग) मा पहिलो गोल गरेकी छन् । सावित्राको दुई गोलसँगै उनको टोली वेलिङ्टन फोनिक्सले शनिबार सम्पन्न खेलमा सिड्नी एफसीलाई ७–० को फराकिलो अन्तरले हरायो । महिला ए–लिगमा जोडिएयता वेलिङ्टन फोनिक्सले हासिल गरेको यो सबैभन्दा ठूलो अन्तरको जित पनि हो । फोनिक्सले यसअघि सन् २०२३ मा क्यानबेरा युनाइटेडलाई ५–० गोलले हराएको थियो । खेल शुरू भएको १३औं मिनेटमै सावित्राले पहिल...