नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले फागुन २१ मै निर्वाचन हुनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई शनिबार सम्बोधन गर्दै उनले एकथरि मानिसहरू संसद् पुन:स्थापनाको पक्षमा रहेको भए पनि निर्वाचनको विकल्प नरहेको बताएका हुन् । 'एकथरि मानिसहरू निर्वाचनभन्दा पनि संसद् पुन:स्थापनाको कुरा लिएर सर्वोच्चतिर गइरहनुभएको छ । मान्छेहरूको मनमा संसद् पुन: स्थापना होला कि निर्वाचन होला भन्ने प्रश्नहरू छन्,' उनले भने, 'निर्वा...