काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नुपपर्ने बताउनुभएको छ । चितवन उद्योग वाणिज्य सङ्घले आज नारायणघाटमा आयाेजना गरेको कार्यक्रममा मन्त्री घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । धार्मिक रूपमा महत्त्वपूर्ण देवघाट क्षेत्रलाई नडुबा...