काठमाण्डाै – नेपालमा पहिलो राष्ट्रिय बाली प्रजनन, अनुवंश र बीउ विज्ञान सम्मेलन हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन तथा अनुवंश समाज नेपालको आयोजना एवम् जिन बैंक, लिबर्ड, अक्सफामलगायतका सङ्घ–संस्थाहरूको सहआयोजनामा सम्मेलन हुने भएको हो । आउँदो माघ ६ गतेदेखि ३ दिनसम्म ललितपुरमा हुने सम्मेलनमा विभिन्न बाली प्रजनन र अनुवंशिक अनुसन्धानको इतिहासदेखि वर्तमानसम्मको समिक्षासहित बाली प्रजनन र बीउको क्षेत्रमा देखा परेका समस्याको समाधान र भाव...