नेपाली कांग्रेसका नेता श्याम घिमिरे र नेकपा एमाले नेता महेश बर्तौलाबीच संसद् पुन: स्थापना लगायतका विषयमा छलफल भएको छ । उनीहरूबीच शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा समसामयिक विषयमा छलफल भएको नेता बर्तौलाले जानकारी दिए । बर्तौला विघटित प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक हुन् भने घिमिरे नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् । बर्तौलाले शनिबार बिहान मात्रै प्रतिनिध...