श्रम संस्कृतिको माध्यमबाट मान्छेको सोचाइमा परिवर्तन ल्याउनुपर्छ : ​हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशमै श्रम गर्ने संस्कारको विकास गरेर स्वदेशमै सबैको भविष्य सुनिश्चित गर्नुपर्ने बताएका छन् । देशमा श्रम गर्ने बानीमा ह्रास आउँदा देश धेरै पछाडि परेको उनले बताए । शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले श्रम संस्कृतिको माध्यमबाट मान्छेको सोचाइमा परिवर्तन ल्याउन चाहेको बताए । युवाको मनोविज्ञान र सामाजिक चेतनामा सुधार आवश्यक रहेको उनले बताए । ‘नेपालीहरू देशमा काम गर्न लजाउँछन्, किनभने देशमा काम...