राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेपाली खेलकुदको नेतृत्वदायी निकाय हो । कार्यकारी अधिकारसहित राखेपको नेतृत्व सदस्यसचिवले गर्ने प्रावधान रहेको छ । सदस्यसचिवको नियुक्त खुला प्रतिस्पर्धाबाट गरिन्छ । राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ मा सदस्यसचिव नियुक्तिको प्रावधानको व्यवस्था गरिएको छ । कानूनअनुसार नियुक्त भएर आएका राखेपका सदस्यसचिवको कार्यकाल सकिएको एक महिनाभन्दा लामो समय बितिसकेको छ । तर, नेपाली खेलकुदको नियमनकारी निकाय युवा तथा खेलकुद मन्त्रालयले हालसम्म सदस्यसचिव नियुक्तिको प्रक्रियासम्म अगाडि बढाउन सकेक...