काठमाण्डाै – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण र शुल्कसम्बन्धी नयाँ मापदण्ड खारेज गरेको छ । गएको कात्तिक ३० गते श्रम मन्त्रालयले श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण सुनिश्चित गर्न भन्दै ३४ प्रकारको स्वास्थ्य परीक्षण गर्नुपर्ने दायरा विस्तार गरेपछि ९ हजार ५ सय रुपैयाँ निर्धारण गरेको थियो । तर शुल्क बढेपछि निरन्तर आलोचना र गुनासो आएको थियो । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मापदण्ड खारेज भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले निकाल्नुभएकाे विज्ञप्तिमा मन्त्र...