नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जनचाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अघि बढ्ने बताएका छन् । नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभामा आज उनले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताए । 'हामीले विगतमा खेलेको भूमिकाको मूल्याङ्कन गर्नुहोस्, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर स्वागत गर्नुहोस्, त्यसलाई स्वीकार्न हामी तयार छौ,' उनले भने । उनले आसन्न निर्वाचनमार्फत जनताले नेकपालाई बहुमत दिएको खण्...