काठमाण्डाै – मधेश प्रदेशसभाको सभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले मनोनयन दर्ता गर्नुभयो । त्यस्तै एमालेका त्रिलोकी प्रसादले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिनुभयो । गएको मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पद अनुकूलको आचरण नगरेको आरोपमा सात दलीय गठबन्धनले दुईतिहाइ बहुमतबाट पदमुक्त गरेका थिए । भोलि सभामुख पदका लागि...