त्रासमा निष्पक्ष निर्वाचन हुन सक्दैन, सरकारले वातावरण बनाउनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उनले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताएका हुन् ।  त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचनको सम्भावना नहुने भन्दै उनले सरकारले यसका लागि विशेष पहल गर्नुपर्ने ब...