राप्ती र नारायणीमा ९ भाले घडियाल भेटिए

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी र नारायणी नदीमा नौ भाले घडियाल गोही गणना गरिएको छ । अतिसङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको प्रत्यक्ष गणना गर्ने क्रममा राप्तीमा सात र नारायणीमा दुई गरी नौ वटा भाले घडियाल गोही फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार दुवै नदीमा गरी तीन सय ६६ वटा घडियाल गोही फेला परेका छन् । राप्तीमा दुई सय ३१ र नारायणीमा एक सय ३५ घडियाल गोही फेला पारेका उहाँले बताउनुभयो । गएको वर्ष राप्ती र ...