काठमाण्डाै – नेकपा (एमाले) का नेता ईश्वर पोखरेल समूहले पार्टीभित्र पक्षपात भए प्रतिवाद गर्ने बताएकाे छ । बबरमहलमा आज भएकाे पाेखरेल समूहकाे भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ल्याएका राम्रा पक्षहरूलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भए प्रतिवाद गर्ने निर्णय गरेकाे उपमहासचिव याेगेश भट्टराईले जानकारी दिनुभयाे । भट्टराईले आउँदाे चुनाव लगायत बाह्य प्रतिस्पर्धामा भने एकजुट हुने बताउनुभयो । विचारको आधारमा पार्टीभित्र अन्तरसङ्घर्ष भने जारी रहने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आजको भेलाबाट ...