दक्षिण एसियाली फूटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपमा नेपालको एपीएफ क्लब उप–विजेतामै समेटिएको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतीय क्लब इस्ट बंगालले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–० गोलले पराजित भयो । इस्ट बंगालले प्रतियोगितामा अपराजित रहँदै उपाधि चुमेको हो । एपीएफ क्लब पनि समूह चरणमा अपराजित रहँदै फाइनलसम्म पुगेको थियो । साफ महिला क्लब च्याम्पियनसिपको यो पहिलो संस्करण हो । यी दुवै टोली समूह चरणको खेलमा अब्बल प्रदर्शन गर्दै फाइनलम...