अस्पताल पुगेर रविले भेटे जेनजी आन्दोलनका घाइते

५ पुस, काठमाडौं । कारागारबाट रिहा भएलगत्तै चितवन हुँदै काठमाडौं आइपुगेका रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनका घाइतेलाई भेट गरेका छन् । शनिबार काठमाडौं आएलगतै उनले उपत्यकाका विभिन्न अस्पताल पुगेर जेनजी घाइतेसँग भेट गरेका हुन् । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका थिए । […]