बूढानीलकण्ठको रिसोर्टमा युवक मृत फेला

काठमाडौंको बूढानीलकण्ठस्थित एक रिसोर्टमा युवक मृत फेला परेका छन् । बूढानीलकण्ठ नगरपालिका- २ बदेलीस्थित रिसोर्टको १०२ नम्बर कोठामा धादिङ ज्वालामुखी गाउँपालिका- ४ घर भएका ३२ वर्षीय रामहरी दुवाडी शनिबार मृत फेला परेका प्रहरीले जनाएको छ । उनी काठमाडौंको बालाजुमा बस्दै आएको खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।