गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण गरेका छन् । आज कारागारको निरीक्षण गर्दै उनले खालि रहेको ब्लकलाई बाल सुधारगृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्था गरिने बताए । मन्त्री अर्यालले कैदीबन्दीको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिएको उनका प्रेस संयोजक पुरुषोत्तम खत्रीले जानकारी दिए । उनले कैदीको दैनिक खाना, बस्ने व्यवस्था र अन्य स...