सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह

काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ । समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र पालिकाबाट प्रस्ताव आह्वान गरिएको हो । नयाँ आर्थिक वर्षको बजेट निर्माणका लागि माघ मसान्तभित्र समपूरक र विशेष अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि प्रस्ताव पेश गर्नुपर्ने समयसीमा रहेको छ । यस आधारमा मन्त्राल...