बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी

बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि दशौं हजार व्यक्ति अन्त्येष्टि समारोहमा सहभागी भएका छन् । गएको वर्ष भएको प्रजातन्त्र समर्थक विद्रोहका एक प्रमुख व्यक्ति सरिफ उस्मान हादीको गएको बिहिवार ढाकाको मस्जिदबाट बाहिर निस्कने क्रममा मास्क लगाएका बन्दुकधारीले गोली हानेका थिए । उहाँको उपचारकाक्रममा ज्यान गएको थियो । हिजो अन्त्येष्टि समारोह गरिएको हो । अन्त्येष्टि प्रार्थना गरिएको संसद् भवन अगाडि शरिरमा क्यामरा जोडिएका प्रहरी तैनाथ थिए । हादीको शवलाई ढाका विश्वविद्यालयको केन्द्...