बैंकमा सुनचाँदी धितो राखेर कर्जा लिने बढ्दै, नेपालले पनि लगानी बढाइरहेको हो ?

पछिल्लो समय बैंकबाट सुनचाँदी कर्जा प्रवाह बढ्दै गइरहेको छ । चालु आर्थिक वर्षको शुरूआतदेखि बैंक तथा वित्तीय संस्थाको सुनचाँदी कर्जा बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।  चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले ९० अर्ब ४९ करोड ७६ लाख बराबरको सुनचाँदी कर्जा प्रवाह गरेका छन् । अर्थात्  चालु आर्थिक वर्षको कार्तिक महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट ९० अर्ब ४९ करोड ७६ लाख रूपैयाँ सुनचाँदी कर्जा प्रवाह भएको छ ।  जबकि गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कूल ६२ अर्ब ७७ करोड ६४ ...