प्रतिनिधिसभा चुनावमा अनुमति नलिइ कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव

काठमाण्डौ – आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले गाडीको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । आयोगले अनुमति पाएको गाडीबाहेक अन्य गाडी प्रयोग गरी चुनाव प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरेको हो । अनुमति नलिई प्रयोग गरेमा त्यस्ता गाडीलाई नियन्त्रणमा लिई कारबाही गरिने उल्लेख छ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो गाडी नियन्त्रणमा लिई त्यसको जानकारी जिल्ला आचारसंहिता अनुगम...