विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट हाम्फालेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:१५ बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौं तलाबाट यादवले हाम्फालेका थिए । गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्कालै सोही अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालमा खटिएका सुरक्षाकर्मीले पुष्टि गरेका छन् । मृतक यादव सोही मेडिकल...