काठमाण्डौ – एशेज टेस्ट क्रिकेट शृङ्खला अष्ट्रेलियाले दुई खेल अगावै जितेको छ । अष्ट्रेलियाले लगातार तीन खेल जित्दै शृङ्खला जितेको हो । तेश्रो टेस्ट खेलको पाँचौ दिन अष्ट्रेलियाले इंग्ल्याण्डलाई ८२ रनले हराएको हो । अष्ट्रेलियाले दिएको ४ सय ३५ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड दोश्रो पारीमा ३ सय ५२ रन बनाउँदा अलआउट भयो । एडीलेडमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले पहिलो पारीमा ३ सय ७१ रन बनाएको थियो भने इंग्ल्याण्डले २ सय ८६ रन बनाएको थियो । त्यसपछि दोश्रो पारीमा ब्याटिङ गरेको अष्ट्रेलियाले ३ सय ४९ रन बनायो । एशेज अन्तर्...