आज डिसेम्बर २१ : यस वर्षको सबैभन्दा छोटो दिन

काठमण्डौ – आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानमा यसलाई शीतकालीन अयनांत पनि भनिन्छ । आजको दिन सूर्य कर्कट रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडोयाम हुन्छ । आजको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाई सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ । विशेषगरी डिसेम्बर २२ तारिखमा सबैभन्दा छोटो दिन हुने गरेपनि कुनै–कुनै वर्ष २१ तारिखमा हुने गर्छ । त्यस्तै खगोल विज्ञानका अनुसार मार्च २१ र सेप्टेम्बर २३ का द...