जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूबाट गत भदौ २४ गते गरिएको आगजनीका कारण यातायात व्यवस्था विभागमा झन्डै ३ अर्ब रूपैयाँको हाराहारीमा क्षति भएको छ । विभागको भवनसँगै स्टोरमा रहेका इम्बोस्ड नम्बर प्लेट, सवारी चालक अनुमति पत्र( स्मार्ट कार्ड)सहित विभिन्न भौतिक सामानहरू जलेका थिए । विभागका आईटी निर्देशक केशव खतिवडाका अनुसार स्टोरमा रहेका २५ हजार (स्मार्ट कार्ड) लाइसेन्समध्ये पछि खोज्दा ३ हजार जति भेटे पनि २२ हजार जलेर नष्ट भएका छन् । त्यसैगरी, स्मार्ट लाइसेन्स प्रिन्ट गर्नका लागि विभागसँग भएको १ थान प्रिन्टिङ मशिन पनि जलेर ...