काठमाण्डौ – सुनको भाउ समान्य घटेको छ । सुन आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन १ सय रुपैयाँले बढेर तोलाको ४ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ ४ हजार ५ रुपैयाँ थियो । यस अघि गएको बिहिवार चाँदीको भाउ तोलाको ४ हजार ८० रुपैयाँ रहेको थियो...