नेता र भगवानको जोश, भक्तहरूको हरायो होश !

हिउँदे फुर्सदमा बारीमा घाम तापेर दिन कटाइरहेका हजुरबालाई दौँतरीहरूले शहरमा सभा हेर्न जाउँ कि जाउँ भनेर करकर गरे । पार्टीका सभा हेर्न र नेताका भाषण सुन्न त के गैरहनुजस्तो हजुरबालाई लागेको थियो । तर जाने र खाने बन्दोबस्त सित्तैमा हुने भएपछि हजुरबालाई शहरको रमझम र नेताहरूका रसिला भाषण सुन्न जाउँ लाग्यो । हजुरबा पनि दौँतरीहरूका साथमा सभा हेर्न शहरतिर लागे । देशबाट दिनहुँ विदेश जानेको लर्को छ भन्छन् । बेलाबेला मोबाइल हेर्दा विमानस्थलमा थामिनसक्नुको भीड लागेको भिडियो र तस्वीर पनि देखिन्छ । तर शहरमा मान्छेको लर्को घटे...