संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि दुर्व्यवहार

नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्राडा. धनेश्वर नेपालमाथि दुर्व्यवहार भएको छ । आइतबार बिहान उपकुलपति अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको हो । ५-६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि कालो मसी छर्केर दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र शाहले जानकारी दिए । घटनाबारे बुझ्ने काम भइरहेको र संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिएको डीएसपी शाहले बताए । उपकुलपति नेपालको निवासमै पुगेर उक्त समूहले दुर्व्यवहार गरेको हो ।  अहिले घटनास्थलमा जिल्ला प्रहरी प्रमुख, एसप...