अमेरिकाद्वारा भेनेजुएलाको तटबाट तेल ट्याङ्कर नियन्त्रणमा

अमेरिकाले भेनेजुएलाबाट प्रस्थान गरेको तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको छ । यो महिनामै दोश्रो पटक अमेरिकाले तटबाट तेल बोक्ने जहाज नियन्त्रणमा लिएको अमेरिकी गृह सुरक्षा विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलवार भेनेजुएला प्रवेश गर्ने र बाहिरिने तेल ट्याङ्करमा ‘नाकाबन्दी’ आदेश दिएको बताएपछि पछिल्लो कदम चालिएको हो । भेनेजुएलाले पछिल्लो अमेरिकी कब्जाको निन्दा गरेको छ भने यसलाई चोरी र अपहरण भनेर वर्णन गरेको छ । पछिल्ला हप्ताहरुमा अमेरिकाले क्यारिबियन सागरमा आफ्नो...