धनकुटा – गाउँमा नै किवी खपत गर्ने उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ का किवी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले १० करोड लागतमा पाँच सय टन किवी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानलाई सहज भएको हो । ठूलो किवी बजारमा सहजै बिक्री भए पनि मझौला तथा साना किवी बजारमा नबिक्ने समस्या हुन्छ । तर अहिले उद्योगले ती सबै खालका किवी खरिद गर्न थालेपछि गाउँका ५० परिवारलाई राहत भएको माझखर्कका किसान टीकाराम गुरुङले जानकारी दिनुभयो । प्रतिकिलो ५० देखि ८० सम्ममा...