बेल एक पवित्र तथा औषधिय वृक्ष हो, जसको उल्लेख आयुर्वेदमा विभिन्न रोगको उपचारका लागि गरिएको छ । यसको फल, पात, जरा र डाँढ सबै औषधिय गुणले भरिपूर्ण मानिन्छन् । बेलको प्रयोग योग अभ्यासमा, पाचन सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न गरिन्छ । ‘जर्नल अफ हर्बल मेडिसिन’मा प्रकाशित एक अध्ययन अनुसार बेलका पातले कोलेस्ट्रोलको मात्रा घटाउन र मुटु स्वास्थ्यका लागि फाइदा पुर्याउन सक्ने देखिएको छ । बक्सरका डा. अरुण कुमारको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले मुसामा ...