रविको अभिव्यक्तिले राजनीतिक तरङ्ग- नयाँ शक्तिहरू मिल्न तयार भएका हुन् ?

अदालतको आदेशबाट धरौटीमा रिहा भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिएका दुई अभिव्यक्तिले राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशपछि जिल्ला अदालत रूपन्देहीमार्फत शुक्रबार रिहा भएका लामिछानेले काठमाडौं फर्किने क्रममा शनिबार आफ्नो निर्वाचन क्षेत्र चितवनमा भेला भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा प्रतिनिधि सभा पुन:स्थापना र वैकल्पिक शक्तिहरूको मिलनबारे बोलेका थिए । लामिछानेले प्रतिनिधि सभा पुन:स्थापनाले निकास नदिने भन्दै चुनावमै जानुपर्नेमा जोड गरे । सं...