नेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा मनीषकुमार जोशी निर्वाचित भएका छन् । समाजको आठौं अधिवेशनले भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा डा. ऋषिराम शर्मा, उपाध्यक्षम खिमबहादुर खत्री, महासचिवमा जनकराज पन्त, कोषाध्यक्षमा केशव शर्मा, सचिवमा दीपक गलामी मगर र सह–कोषाध्यक्षमा अच्युतराज गौतम निर्वाचित भएका निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए । त्यस्तै कार्यसमिति सदस्यमा ईन्द्रबहादुर थापा, सानु सापकोटा, नारा...