काठमाण्डाै – निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा शुक्रवार प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको थियो । सरकारले २०७८ सालको जनगणनाको प्रतिवेदन अनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसङ्ख्याको प्रतिशतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसूची (१...