काठमाण्डाै – विदेशमा बस्ने नेपालका मधेशीहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन मधेशी एकता समाजले नवयुवा आन्दोलनपछि देशमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर हिजाे काठमाण्डाैमा विचार मन्थन कार्यक्रम आयोजना गरेको छ । परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजित विचार मन्थनमा बोल्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नवयुवा आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरूले खोजिरहेको बताउनुभयो । डा. राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि सङ्घीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफू...