संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेस र एमालेले तत्कालीन सांसदको बहुमत हस्ताक्षर जुटाए

काठमाण्डाै – संसद्को ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा बुहमत सांसदको हस्ताक्षर जुटाएका छन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ सांसदले बहुमत हुन्छ । एमालेका ७५ जना र कांग्रेसका ६६ जना निवर्तमान सांसदले हस्ताक्षर गरेका हुन् । एमालेले ७५ जनाकाे हस्ताक्षर यसअघि नै सर्वोच्च अदालतमा बुझाइसकेको छ भने कांग्रेसले भोलि बुझाउने तयारी गरेको छ । एमालेले विघटित प्रतिनिधिसभाका सांसदहरूको पार्टी कार्यालय च्यासलमा बैठक राखेर हस्ताक्षर गराएको थियो । कांग्रेसले भने प्रतिनिधिसभा ...