महाधिवेशनपछि किन झन् कडा सुनिँदैछन् ओली ?

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट तेस्रो कार्यकालका नेतृत्वमा अनुमोदित भएलगत्तै अध्यक्ष केपी शर्मा ओली 'झन् कडा' सुनिन थालेका छन् । आफैं सरकारको नेतृत्वमा रहेका बेला भएको जेनजी आन्दोलन, चौतर्फी आलोचना तथा घेराबन्दीका कारण ओलीको बोली केही नरम हुन्छ कि भनेर धेरैले अनुमान गरिरहेका बेला उनी अझै कडा शैलीमा प्रस्तुत हुन थालेका हुन् । ओलीले 'एमाले र यसको नेतृत्वलाई छुने गल्ती नगर्नुस्' भनेर सिधा भाषामा वर्तमान सरकारलाई चुनौती दिन समेत भ्याइसकेका छन् । एमालेका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य...