दक्षिण अफ्रिकाको जाेहानेसबर्ग नजिकै गोली चल्दा ९ जनाको ज्यान गयो

दक्षिण अफ्रिकाको जोहानेसबर्ग शहर नजिकै रहेको एक बारमा गोली चल्दा कम्तीमा ९ जनाको ज्यान गएको छ । जोहानेसबर्ग नजिकैको बेकरसडलमा दुई वटा गाडीमा आएका बन्दुकधारीहरूले ग्राहकहरूमाथि गोली चलाउँदा ७ पुरुष र २ महिलाको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बन्दुकधारीहरूले केही मानिसहरूलाई सडकमा जथाभाबी गोली हानेर हत्या गरेको खबरमा उल्लेख छ । दक्षिण अफ्रिका विश्वमै सबैभन्दा धेरै हत्या दर भएका देशहरूमध्ये एक हो । प्रहरीको तथ्याङ्क अनुसार यस वर्ष अप्रिलदेखि सेप्टेम्बरसम्ममा हरेक दिन औसतमा ६३ जनाको हत्या भएको छ । ...