प्रधानमन्त्रीसँगको छलफलपछि रास्वपा नेत्री सोबिता गौतम र नेता शिशिर खनालले के भने ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार बालुवाटारमा करिब दुई घण्टा लामो महत्वपूर्ण छलफल भएको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गएको टोलीले समसामयिक राजनीतिक मुद्दा, आसन्न निर्वाचन र युवा सहभागिताका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपा नेत्री सोबिता गौतमले बैठकमा मुख्यतया तीनवटा विषयमा छलफल केन्द्रित भएको जानकारी दिइन् ।  उनका अनुसार सभापति रवि लामिछानेले पार्टीको औपचारिक जिम्मेवारी पुनः सम्हालेको विषयमा सरकारल...