चुनावमा ध्यान केन्द्रित गर्न सरकारलाई रास्वपाको आग्रह

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको चुनावमा ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताहरुले हिजो प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर समयमै चुनाव गर्नको लागि सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसहितका नेताहरूले सरकारका गतिविधि चुनावमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । सभापति लामिछानेले रास्वपा चुनावमा लागिसकेको र अरु राजनीतिक दलहरू पनि त्यसतर्फ अगाडि बढेको आफूलाई महसुस भएको जानकारी दिनुभएको...