त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एकजना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजाजस्तो देखिने करिब चार किलो २८४ ग्राम वस्तुसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौं आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो ।  सोही लागूऔषध संकलन गर्न आएका अर्का भारतीय नागरि...