नाइजेरियामा अपहरणमा परेका १ सय ३० क्याथोलिक विद्यालयका बालबालिका मुक्त

नाइजेरियाको नाइजर राज्यको सेन्ट मेरीज क्याथोलिक बोर्डिङ स्कुलबाट अघिल्लो महिना अपहरण गरिएका थप १ सय ३० जना बालबालिका सुरक्षित रूपमा मुक्त भएको नाइजेरियन सरकारले जनाएको छ । यसअघि यही महिनाको शुरूतिर १ सय जना बालबालिका रिहा भएका थिए । घटनापछि अपहरणमा परेका बालबालिकाहरुको वास्तविक संख्या स्पष्ट हुन कठिन भएको र केही विद्यार्थी आक्रमणकै बेला भागेर घर पुगेको राष्ट्रसंघले जनाएको छ । प्रारम्भिक विवरण अनुसार ३ सय १५ जना हराइरहेका भनिए पनि अन्ततः सबै बालबालिका मुक्त भएको अल जजिराले जनाएको छ । बढ्दो सामूहिक अपहरणले नाइ...