बेलायतका नेपालीले पहिलोपटक गरे पौडी प्रतियोगिता, गौरिकाको सहभागिताले थप्यो उत्साह

लन्डन । बेलायतस्थित नेपाली समुदायले शनिबार बेग्लै इभेन्ट अवलोकन गर्‍यो । पहिलोपटक आयोजना गरिएको सामुदायिक पौडी प्रतियोगिता ‘नेपाल स्विमिङ गाला २०२५’ मा प्रमुख अतिथी बनेर साँझ झन्डै ६ बजे आफ्नी आमा गरिमा राणासँग आइपुगिन् गौरिका सिंह । गौरिका तिनै हुन् जसले सन् २०१६ मा आयोजित रियो ओलिम्पिक्समा सबैभन्दा कान्छी खेलाडीको रुपमा भाग लिएकी थिइन् । […]